नियम ४१
विवरण पठाउनु पर्ने
: (१) सदस्य संस्थाले नियम ३५ बमोजिम कोषमा सुरक्षण गरेको कर्जाको विवरण अनुसूची-१३ बमोजिमको ढाँचामा प्रत्येक महिनाको दश गतेभित्र पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम विवरण पठाउँदा कोषमा दाबी गरिसकेका कर्जाहरु समावेश गर्नु पर्ने छैन ।
(३) सदस्य संस्थाले आफ्नो कर्जाको पुनरावलोकन गर्दा वा कोष वा नेपाल राष्ट्र बैंकले निरीक्षण गर्दा कर्जा सुरक्षणको लागि कोषमा पठाएको विवरणमा कुनै कर्जाको विवरण छुट हुन गएको देखिएमा त्यसरी छुट हुन गएको कर्जाको भुक्तानी म्याद कम्तीमा छ महिना बाँकी रहेको र त्यस्तो कर्जा असल कर्जा रहेछ भने त्यसरी छुट भएको कर्जाको विवरण एक महिनाभित्र कोषमा पठाई त्यस्तो कर्जा सुरक्षण गराउन सक्नेछ ।
(४) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कोषलाई आवश्यक भएमा सुरक्षण भएका कर्जासँग सम्बन्धित विस्तृत विवरण कोषले माग गर्न सक्नेछ ।